काठमाडौं असोज ७, राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ भव्यरुपमा काठमाडौंमा एक विशेष कार्यक्रम गरि सम्पनर्न गरेको छ । सस्थाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार का अर्थमन्त्री उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा प्रभाकर र विषेश अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकको उपस्थिति रहेको थियो । उक्त अवसरमा समूहले कोरोनाको समयमा फोटोपत्रकारहरुले खिचेका फोटोहरुको संकलन गरी लकडाउनमा नेपाल नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा महासचिव नवराज श्रेष्ठले सवैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।
समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट वाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरिएको थियो । विधिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधातर्फ नविन वावु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि दिपेन्द्र मर्हजनले अवार्ड तथा प्रमाणपत्र प्राप्त गर्नु भएको छ । भने प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल हुनु भयो भने विजेताहरुलाई अर्थमन्त्री जनार्दन शर्मा र खेलकुलमन्त्री महेश्वर जंग गहतराज अथक वाट अवार्ड तथा प्रमाणपत्र वितरण गरीएको थियो । उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा सस्थाका पूर्व अध्यक्ष मिनरत्न वज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहनु भएको थियो ।
उक्त समारोहमा हरिगोपाल फोटोपत्रकारिता पुरस्कार तथा सम्मानवाट साहासिक फोटो पुरस्कारवाट झापाका नेत्रविक्रम विमली ,खेलकुद तर्फ विनय कुमार वानीयाँ, पर्या पर्यटन तर्फ प्रदीपकुमार श्रेष्ठ,संस्कृति सम्पदा तर्फ किरण आचार्य,मनोरन्जन तर्फ अजय मर्हजनलाई वितरण गरिएको थियो भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटोपत्रकारिता तर्फ अनलाइन खवरका फोटोपत्रकार आर्यन धिमाललाई प्रदान गरीएको थियो ।
उक्त कार्यक्रममा सस्थाका सस्थापकहरु लगायत विभिन्न मिडियामा काम गर्नु भएका वरिष्ठ फोटोपत्रकार लगायत नेपालका फोटोकारहरुलाई पनि सम्मान अर्पण गरीएको थियो । भने राष्ट्रिय फोटोपकार आपतकालीन राहतकोषमा रकम प्रदान गर्ने विभिन्न समाजसेवीहरुलाई पनि प्रसंसा प्रत्र प्रदान गरीएको थियो ।
सस्थाको रजत जयन्तिको अवसरमा सार्क राष्ट्रका फोटोपत्रकार संघलाई निमन्त्रर्णा गरेता पति यस वर्ष वंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दर लगायत १२ जना फोटोपत्रकारमो उपस्थिति रहेको थियो भने , अल इन्डीया ओरकीङ न्यूज क्यामेराम्यान एसोसीयनका अध्यक्ष एन. एस. सिन्हाको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा विदेशी फोटोपकारलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो भने उक्त अवसरमा वंगलादेशका फोटोपकारहरुले खिचेका फोटोहरु पनि प्रर्दशनी गरिएको थियो ।