Nepal After Earthquake a Photo Exhibition


Thank you for submitting photos for “ Nepal After Earthquake ” photo exhibition.

 

फोटो प्रदर्शनीका नियमहरू यशप्रकार रहेका छन् :

  • फोटो २०७२ बैशाख १२ गते आएको विनासकारी भुकम्प र त्यसपछिको समयावधिमा खिचिएकोे हुनुपर्नेछ ।
  • यस्तै भुकम्पको असर र त्यसपछिको पुननिर्माणको काम हालसम्म पनि जारी रहेकाले त्यस्ता फोटो पनि पठाउन सकिनेछ ।
  • भुकम्प सम्बन्धि फोटो कथा (photo story) लाई पनि प्राथमिकता दिइनेछ ( बढिमा ५ वटा फोटो पठाउनुपर्नेछ )।
  • पठाउने फोटोको साईज (कमसेकम) ३०० रिजोलुसनको १२ ईन्च ×१८ ईन्च हाराहारीको (कलर वा स्यास्वेत ) हुनुपर्नेछ ।
  • फोटोे बढिमा ३ वटा सम्म पठाउन सकिनेछ । साथै फोटोको क्याप्सन अनिवार्य हुनु पर्नेछ ।
  • छानिएका फोटोलाई आगामी असार महिनामा काठमाडौको भृकुटीमण्डप लगायत देशका विभिन्न सहरहरुमा हुने शैक्षिक मेला “ईक्यान प्रदर्शनी“ मा राखिनेछ ।
  • प्रदर्शनीका लागि छानिएका फोटो फेसवुक मार्फत पनि विश्वभरि प्रर्दशनी गरिने छ ।

 

  • इक्यान प्रदर्शनी अवधिभर अत्यधिक दर्शकद्वारा मनपराईएका फोटोहरु (भ्युअर्स च्वाईस)को विजेता छनौट दुई तरिकावाट हुनेछ ।

१. भ्युअर्स च्वाइसको इक्यान प्रदर्शनीको दौरानमा फोटो प्रदर्शनी प्रत्यक्ष हेरेर दर्शकले दिने मत(भोट)को आधारमा ५० प्रतिशत ,र
२. फेसवुकको लाइक तथा सेयरको कमेन्टको आधारमा ५० प्रतिशत मतको निर्धारण हुनेछ 

  • कस्ता फोटोलाई प्राथमिकता दिईनेछ ?

१.भुकम्पले गरेको विनास र त्यसको प्रत्यक्ष असर

२. भुकम्पपिछको पुनःर्निर्माण ,सास्कृतिक सामाजीक तथा प्रकृति लगायत

३.शैक्षिक क्षेत्र जस्तै विध्यालय र विद्यार्थीलाई भुकम्पले पारेको असर आदि

  • छानिएका फोटोहरूको एउटा “फोटो किताब’’ प्रकाशित गर्ने पनि एनएफपीजेको योजना रहेको सहर्ष जानकारी गराउदछौ । “फोटो किताब’’ प्रकाशन भएमा “फोटो किताब’’ मा प्रकाशित फोटोको पारिश्रमिक (रोएल्टी) किताब विक्री भएको (मूल्य हाल निर्धारण नभईसकेको) प्रती किताब को दरमा उपलब्ध गराईनेछ । उक्त पुस्तक विक्रि वितरणवाट भएको आम्दानीको २० प्रतिशत रकम भुकम्पवाट प्रभावीत विद्यार्थी तथा विद्यालयलाई प्रदान गरिनेछ ।
  • फोटो एनएफपीजेको वेवसाईट  www.nfpj.org.np मा फारमभरि पठाउनुपर्नेछ साथै इमेल nfpjphotonepal@gmail.com मार्फत पनि पठाउन सकिनेछ। प्राप्त फोटो आयोजक कमिटिले छनौट गरी प्रर्दशनीमा राख्नेछ ।
  • फोटो आईसक्नुपर्ने अन्तिम मिति ३१ जेठ २०७४ 

“ भुकम्पपछिको नेपाल ’’ शिर्षकमा राष्टिय फोटोपत्रकार समुहले गर्न लागेको फोटो प्रदर्शनीको लागि फोटो दिन म पूर्णरूपमा सहमत छु । अत्यधिक दर्शककद्वारा मनपराईएका (भ्युअर्स च्वाईस), फेसवुक को लागि प्रचार प्रसार , देश-विदेशमा गरिने फोटो प्रदर्शनीको लागि सहमत छु ,र पुस्तक प्रकाशनको लागि मेरो सहमति छ ।