| पाचौं गणतन्त्र दिवसमा "स्लाईड सो" |
|
| |
|
१५ जेठ २०६९
राष्ट्रिय फोटो पत्रकार समूहले पाचौं गणतन्त्र दिवस भब्य रुपमा मनाउने क्रममा सोमबार राजधानीको काठमाडौं दरबारस्क्यायर परिसरमा सार्बसाधारणकालागि दोश्रो जनआन्दोलन २०६२/६३ मा समूहका सदश्यहरुले खिचेका तश्विरहरुको ”स्लाईड सो” गर्यो ।
कार्यक्रममा हजारौं सर्बसाधारणको सहभागिता रहेको थियो । ”स्लाईड सो” हेरेर उपस्थित सर्बसाधारणले आयोजक समूहलाई राम्रो काम गरेको भन्दै स्याबासी पनि दिएका थिए । दरबारस्क्यायरको वसन्तपुर डबलीमा सर्बसाधारण तथा त्यहा आएका पर्यटकहरुलेपनि ”स्लाईड सो”को मज्ला लिएका थिए ।
.jpg)
समूहका कार्यकारी महासचिव हरि रेग्मीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमका लागि समूहका सदश्यहरु दिपेन्द्र बज्राचार्य,सागर श्रेष्ठ,ध्रुब आले,कबिन्द्रमान शाक्य लगायतले फोटो उपलब्ध गराई सहयोग गरेका थिए । समूहका सदश्य जितेन्द्रराज बज्राचार्यले तश्विर र संगितको संयोजन गरि ”स्लाईड सो” तयार गर्नूभएको थियो । कार्यक्रममा समूहका सदश्यहरुको पनि ठूलो सहभागिता रहेको थियो।
.jpg)
समूहले समाजलाई आफ्नो क्षेत्रबाट सकेको योगदान गर्नुपर्छ भन्ने मूल हेतुले उक्त कार्यक्रम गरिएको हो । जनआन्दोलनका तश्विरले नेपाललाई समृद्ध गराउन जनताले आन्दोलनमा कतिसम्म बलिदान गरेका रहेछन् भन्ने स्मरण गराउन ”स्लाईड सो”ले सहयोग पुर्याउने समूहले विश्वास लिएको छ । जनतामा राजनैतिक चेतना हुनुपर्छ, त्यसले सासकवर्गलाई देशको विकाश गर्न घचघच्यान हौसला प्रदान गर्दछ ।
|
|
|
| Other Headline News |
|
| »
2013, General News , 1st prize singles , Rodrigo Abd |
|
| »
2013, General News , Honorable Mention singles , Ammar Awad |
|
| »
2013, Sports Action , 1st prize singles , Wei Seng Chen |
|
| »
2013, Spot News , 1st prize stories , Bernat Armangue |
|
| »
2013, Spot News , 3rd prize singles , Adel Hana |
|
| »
World Press Photo of the Year 2012 Paul Hansen, Sweden, Dagens Nyheter |
|
| »
रेडियो कार्यक्रम भ्यूफाईण्डर सुरु |
|
| »
समूहले फोटोपत्रकारिता दिवस मनायो |
|
| »
विरगञ्जमा तीन दिने फोटो प्रदर्शनी |
|
| »
वाग्लुङमा समूहको पाचौं शाखा |
|
| »
प्रधानमन्त्रीद्धारा फोटो मेलाको उद्घाटन |
|
| »
विश्व फोटोग्राफी दिवसमा भब्य कार्यक्रम |
|
|