| पर्सा शाखाद्धारा शुरक्षा निकायसंग समन्वय |
|
| |
|
९ जेठ २०६९
राष्ट्रिय फोटो पत्रकार समूह पर्सा साखाले, समूहले आफ्ना सदस्यहरुले कार्यक्षेत्रमा पहिरिने हरियो रङको प्रेस ज्याकेट (फोटो भेष्ट) को सम्मान् गर्न अनुरोध गर्दै पर्साका स्थानिय विभिन्न सुरक्षा निकायबाट लिखित रुपमा प्रतिबद्धता लिएकोछ । कार्यक्षेत्रमा खटिने शुरक्षाकर्मीहरुबाट फोटो पत्रकार अशुरक्षित हुन नपरोस, पेशाकर्मी फोटोपत्रकारलाई कार्यक्षेत्रमा निर्वाध काम गर्ने वातावरण मिलोस भनेर त्यसो गरिएको हो । समूहको आग्रहलाई स्विकार्दै स्थानिय शुरक्षा निकाय, समूहसंग समन्वय गर्न सहमत भएको हो ।
हरियो ज्याकेटमा हस्ताक्षर गर्नुहुदै प्रमुख जिल्ला अधिकारी शम्भू कोइराला (वायां माथि),सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख कृष्णभक्त ब्रह्मचार्य(दायां), र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी (दायां तल)। तस्विर:राष्ट्रिय फोटो पत्रकार समूह
अभियान स्वरुप समूहका केन्द्रिय सदस्य राम सर्राफ र जिल्ला अध्यक्ष पंकज श्रेष्ठलगायतका फोटोपत्रकारहरुको प्रतिनिधीमण्डलले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालालाई भेटेर प्रेस लेखिएको समूहको हरियो ज्याकेटमा हस्ताक्षर गर्न लगाएर प्रेस ज्याकेट लगाएका फोटो पत्रकारलाई रिपोर्टिङगका क्रममा सुरक्षाकर्मीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउन लगाएका हुन्. ।
प्रतिवद्धता जनाउदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख कृष्णभक्त ब्रह्मचार्यले पनि ज्याकेटमा हस्ताक्षर गर्नुभयो । सोहि अवसरमा फोटो पत्रकार समूहका अध्यक्ष पंकज श्रेष्ठले मायाको चिन्ह स्वरुप राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर उहाहरुलाई उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।
|
|
|
| Other Headline News |
|
| »
2013, General News , 1st prize singles , Rodrigo Abd |
|
| »
2013, General News , Honorable Mention singles , Ammar Awad |
|
| »
2013, Sports Action , 1st prize singles , Wei Seng Chen |
|
| »
2013, Spot News , 1st prize stories , Bernat Armangue |
|
| »
2013, Spot News , 3rd prize singles , Adel Hana |
|
| »
World Press Photo of the Year 2012 Paul Hansen, Sweden, Dagens Nyheter |
|
| »
रेडियो कार्यक्रम भ्यूफाईण्डर सुरु |
|
| »
समूहले फोटोपत्रकारिता दिवस मनायो |
|
| »
विरगञ्जमा तीन दिने फोटो प्रदर्शनी |
|
| »
वाग्लुङमा समूहको पाचौं शाखा |
|
| »
प्रधानमन्त्रीद्धारा फोटो मेलाको उद्घाटन |
|
| »
विश्व फोटोग्राफी दिवसमा भब्य कार्यक्रम |
|
|