PRESS


जनआन्दोलन ६२—६३ चर्किन लागेको बेला फोटोपत्रकारहरु प्रहरी र स्वयम् आन्दोलनकारीबाटै अशुरक्षित हुन थाले । दिनहुजसो फोटोपत्रकार घाईते भएको समाचार आउन थाल्यो । फोटोपत्रकारको शुरक्षामाथि ठूलो प्रश्न चिन्ह खडा भयो । दिनहुं प्रेस विज्ञप्ति छापेर मात्रै शुरक्षित हुने अवस्था रहेन । शुरक्षित रुपमा पेशा गर्न पाउने माग चर्को हुनथालेपछि, शुरक्षकर्मीलाई सजगता अपनाउन अनुरोध गरियो तर खासै सुधार हुन सकेन ।
सोहि सन्दर्भमा राष्ट्रिय फोटोपत्रकार समूहबाट फोटोपत्रकारका लागि छुट्टै किसिमको पहिचान हुने पोषाक फोटो भेष्ट तैयार गर्ने जुक्ति निकालियो । ज्यान बचाउने जस्तो पवित्र कार्यकालागि ढिला गर्न पनि मिलेन , राष्ट्रिय फोटोपत्रकार समूहको तात्कालिन तेस्रो कार्यसमितिले उक्त कार्यलाई सिध्र अघि बढाउने निर्णय गर्यो ।
कार्यसमितिका सदश्यहरुमध्ये केहि पोषाकको डिजाईन गर्न, केहि खर्च जुटाउन लागिपरे र परिणाम स्वरुप छोटो समयमै उक्त कार्य द्रुत गतिमा अघि बढ्यो । पोषाक तयार भए लगत्तै त्यसलाई आधिकारिक मान्यता दिलाउनु महत्वपूर्ण थियो । तसर्थ तीनवटै शुरक्षा निकायमा पत्राचार गरि जानकारी गराई, नेपाली सेना,शसस्त्र प्रहरि र नेपाल प्रहरीलाई पत्रकार सम्मेलनमा आमन्त्रण गरि उक्त पोषाकलाई राजधानीको रिपोर्टर्स क्बमा आयोजित पत्रकार सम्मेलनमा सार्बजनिक गरियो ।

फोटो भेष्ट लगाएर कार्यक्षेत्रमा फोटो खिच्दै समूहका एक सदश्य

रिपोटर्स क्बमा आयोजित पत्रकार  सम्मेलनमा  फोटो भेष्ट  सार्बजनिक गर्दै तेस्रो कार्यसमितिका  उपाध्यक्ष राजेश ढुंगाना  

रिपोटर्स क्बमा आयोजित पत्रकार  सम्मेलनमा  फोटो भेष्ट  सार्बजनिक गर्दै तेस्रोकार्यसमितिका सदश्यहरु

पत्रकार सम्मेलनकै दिन फोटो भेष्ट फोटोपत्रकारहरुलाई वितरण गरियो । त्यसपश्चात फोटो भेष्ट लगाएर कार्यक्षेत्रमा जादा आन्दोलनकारी र शुरक्षाकर्मीलाई फोटोपत्रकार चिन्न सजिलो भयो फलस्वरुप दिनहुजसो हुने दुर्घट्नामा तुरन्तै सुधार आयो । फोटोपत्रकार स्वयम्लाई पनि कार्यक्षेत्रमा जादां सुरक्षित महसुस हुनथाल्यो ।
फोटो भेष्टको प्रयोग बारे आम संचार माध्यमबाट प्रचार भएपछि त्यसले ठुलो चर्चा पायो । त्यसअघि कुनै संचारमाध्यमले छुट्टै किसिमको पहिचान हुने पोषाक नलगाएपनि त्यसको सिको गर्दै दुरुस्तै रङको पोषाक केही दिनभित्रै टेलिभिजन ,रेडियो र छापाका पत्रकारहरुले लगाउन थाले ।
राष्ट्रिय फोटोपत्रकार समूहले फोटो भेष्ट लगाउदा फोटोपत्रकारले पालना गर्नुपर्ने केहि नियम र सर्तहरु पनि लागु गर्यो । फोटो भेष्टको दुरुपयोग नहोस् गलत ब्यक्तिले त्यसको प्रयोग नगरोस भनेर कडाई गरिएको थियो ।
फोटो भेष्टले कार्यक्षेत्रमा जोखिम मोलेर पेसा गर्ने फोटोपत्रकारका लागि एउटा जिबन रक्षाको काम गर्यो तर प्रयोग र चार्चासंगै फोटो भेष्ट नयां फेसनको रुपमा फोटोपत्रकारमाझ स्थापित हुनपुग्यो ।
फेसनका कारण अचेल कार्यक्षेत्रमा फोटो भेष्ट नलगाउने ब्यक्ति फोटोपत्रकार होईन भन्ने भान आन्दोलनकारी,शुरक्षाकर्मी र आम जनतामा ब्याप्त छ ।
त्यसैले फोटो भेष्टले राष्ट्रिय फोटो पत्रकार समूहलाई परिचित र स्थापित दुबै बनाउन महत्वपूर्ण भूमिका खेलेको हामी नकार्न सक्तैनौ ।

If you want to publish your article,interview,photo story,etc please write to email: pressnfpj@gmail.com
तपाई पनि आफ्नो लेख,रचना,अन्तर्वार्ता,फोटो कथा प्रकाशन गर्न चाहनुहुन्छ भने कृपया pressnfpj@gmail.com मा ईमेल गर्नुहोस्

 

कसरी आयो एनएफपीजे फोटो भेष्ट ?

जनआन्दोलन ६२—६३ चर्किन लागेको बेला फोटोपत्रकारहरु प्रहरी र स्वयम् आन्दोलनकारीबाटै अशुरक्षित हुन थाले । दिनहुजसो फोटोपत्रकार घाईते भएको समाचार आउन थाल्यो । फोटोपत्रकारको शुरक्षामाथि ठूलो प्रश्न चिन्ह खडा भयो । दिनहुं प्रेस विज्ञप्ति छापेर मात्रै शुरक्षित हुने अवस्था रहेन । शुरक्षित रुपमा पेशा गर्न पाउने माग चर्को हुनथालेपछि, शुरक्षकर्मीलाई सजगता अपनाउन अनुरोध गरियो तर खासै…

Read more
नेपाली फोटोपत्रकारिताको सुस्त गति

नेपाली फोटोपत्रकारिताको सुस्त गति — दिपेन्द्र बज्राचार्य पिक्चर ईन अ स्टोरी कार्यशालाका निम्ति खोज पत्रकारिता केन्द्र (खो प के) ले विख्यात फोटोग्राफर सहिदुल आलमको उपस्थितिमा छापा पत्रिकाको सम्पादकहरुलाई अतिथि र सबै नेपाली फोटोपत्रकारहरुलाई सहभागिको निम्ति निम्त्याएको थियो । तर थोरैलाई थाहा थियो त्यस दिनको विहान नै अशुभ भनेर । ढिला आईपुगेका एक अतिथि सम्पादकले आफै…

Read more