उपराष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन


काठमाडौँ, १९ माघ  २०७४, सुक्रबार

उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुनले भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको औपचारिक कार्यक्रमका विच सुक्रबारभब्य उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ । उहाँले हरेक शासकले  खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको उच्च प्रशंसा गर्नुभएको थियो  । उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण वढि हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषण्मा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याउनु भएको योग्दानको स्मरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री भीमसेनदाश प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताउनुभयो । त्यस्तै, नेकपा एमालेका सचिव एवं साँसद योगेश भट्टराइले फोटो पत्रकारसंग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने जानकारी दिनुभयो ।

     

      

       

       

फोटो: एनएफपीजे

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघको सहयोगमा राष्ट्रिय फोटोपत्रकार समुह एनएफपिजेले २०७४ साल श्रवण ५ देखि ८ गते सम्म भृकुटी मण्डपमा आयोजीत शैक्षीक मेलामा भूकम्प पछिको नेपाल नामक फोटो प्रर्दशनीमा गरिएको थियो उक्त अवसरमा ४० भन्दा विढी फोटोपत्रकार तथा फोटो ग्राफरहरुको सहभागीतामा तिन दिने प्रत्यक्ष अवलोकनको आधारमा मनपर्ने फोटोलाई भोटीङ तथा  फेशवुक मार्फत विजेता घोषणा गरिएको थियो उक्त प्रतियोगीतात्मक प्रर्दशनीमा विजेता भएका  फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई  पनि उक्त कार्याक्रममा प्रमुख अतिथिवाट  पुरस्कार वितरण गरिएको थियो  ।  पुरस्कार स्वरुप थाहा खवरमा कार्यरत फोटोपत्रकार दीपक  केसीले प्रथम पुरस्कार रु ५० हजार नगद र प्रमाणपत्र , भक्तपुरका फोटोग्राफर सरोज बाँदेले रु २० हजारको दितिय, रु १५ हजारको  तृतिय पुरस्कारपनि  थाहा खवरमा कार्यरत फोटोपत्रकार दीपक  केसीले र द हिमालयन टाईम्सका फोटोपत्रकार राजेश गुरुङ र  स्कन्द गौतमले सान्तवना स्वरुप रु ५ हजार  प्राप्त गर्नुभयो।
एनएफपिजे का अध्यक्ष ध्रुब आलेले एक्स्पोको आयोजनाले ईतिहास कायम गर्न सफल भएको बताउदै फोटोग्राफी र फोटो पत्रकारिता पेशालाई  एक्स्पोले थप उर्जा दिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले  फोटो पत्रकार समाजको ऐना भएकाले राज्यबाट  पत्रकारको सुरक्षा हुनुपर्ने बताउनुभयो ।
एक्स्पो संयोजक हरि रेग्मी अर्का आयोजक नेपाल मुद्रणसंघका अध्यक्ष माधव केशी, काठमाडौं फोटोग्राफर संघ(केपीए) का अध्यक्ष भवदेव थापा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव प्रदिपराज वन्तले संन्चालन गर्नु भएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी नेपालमा पहिलो हो ।