पुसका लागि निर्धारित प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते हुने


काठमाडौं २९ मंसिर २०७४ शुक्रबार
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१ )मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको तीन दिने प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते तदनुसार (फेब्रुअरी २,३ र ४) का लागि सारिएकोछ । मिति सार्दा समस्त हाम्रा सदश्यहरु, प्रायोजक ,सहप्रायोजक तथा स्टल विक्रेतामा पर्न गएको असुविधाप्रति एनएफपीजे क्षमाप्रार्थी छ ।
हालै दुई चरणमा सम्पन्न भएको निर्वाचनमा फोटोपत्रकारहरु तथा प्रिन्टिङ र फोटोग्राफी संग सम्बन्धित ब्यवशायिहरु निर्वाचनमा होमिनुपरेको तथा चुनावको परिणाम आउने क्रम हालसम्मपनि जारि रहेकाले आउदा केहि हप्तासम्म फोटोपत्रकारहरु रिपोर्टिङमा ब्यस्त रहनुपर्ने जिम्मेवारीले गर्दा मिति सार्नु परेको हो ।
हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफ्री एक्पो नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । मूख्य प्रायोजक हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप प्रा.लि. को ब्यवस्थापन रहेको छ । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको सहभागिता हुने यस एक्सपोमा अमेरिका , चिन ,जापान, कोरिया, भारत ,ताईवान लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले प्रत्येक्ष रुपमा सहभागिता जनाउनेछन् ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरु रहनेछन् जसमध्ये १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् भने एक्सपो स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया , फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिनेछ ।
प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछ ।
२०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन एनएफपीजेका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् । एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिबृद्घिका लागि विभिन्न किसिमका कार्यक्रमहरु जस्तै तालिम, अन्तक्र्रिया, गोष्ठि, सेमिनार तथा फोटो प्रदर्शनीहरुको आयोजना गर्दै आईरहेको छ ।