पुसमा हुने प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो बारे पत्रकार सम्मेलन


काठमाडौं १६ कात्तिक २०७४ बिहिबार
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१ ) मा काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने सम्बन्धमा एनएफपीजेले राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएकोछ ।
एक्स्पो बारे जानकारी गराउदै एक्स्पो संयोजक हरि रेग्मीले एनएफपीजेले  हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको जानकारी गराउनुभयो । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ  र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप प्रा.लि. को ब्यवस्थापन रहेको बताउनुभयो ।   राजधानीमा बिहिबार  आयोजित पत्रकार सम्मेलन । फोटो: एनएफपीजे  

राजधानीमा बिहिबार  आयोजित पत्रकार सम्मेलन । फोटो: एनएफपीजे
पत्रकार सम्मेलनमा उहाले अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको उल्लेख गर्नुहुदै प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको एक्स्पोमा सहभागिता हुने भएको बताउनुहुदै जापान, कोरिया ,भारतलगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्येक्ष रुपमा सहभागिता जनाउने उल्लेख गर्नभयो ।
एक्स्पोमा कुल १ सय वटा स्टलहरु रहने जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुने तथा प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया , फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने र प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिएका्े संयोजक रेग्मीले बताउनुभयो ।
प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहने पत्रकार सम्मेलन संयोजक रेग्मील जानकारी गराउनुभयो । उहाले एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास नै हो । उदाहरण स्वरुप, हाल हामीले प्रयास गरेअनुसार औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने प्रयास गरेको उल्लेख गर्नभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुदैं मुख्य प्रायोजक हेवी हेल्प लिंकका निर्देशक विमल चित्रकारले एक्स्पोले नेपालमा प्रिन्टिङ र फोटोग्राफीको क्षेत्रमा ब्यापार विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाले एक्स्पोले नेपालमा मात्रै नभएर समग्र दक्षिण ऐसियामा यो एक्स्पोले महत्व राख्ने उल्लेख गर्नुभयो ।

राजधानीमा बिहिबार  आयोजित पत्रकार सम्मेलन । फोटो: एनएफपीजे

राजधानीमा बिहिबार  आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थर्मल प्रिन्टर । फोटो: एनएफपीजे
पत्रकार सम्मेलनमा नयां प्रविधिको थर्मल प्रिन्टर पनि सार्वजनिक गरिएको थियो । उक्त प्रिन्टरको उत्पादक कम्पनी जापानको सिन्मेयी प्रालिका प्रमुख कार्यकारी अधिकृत सादाओ योसेले नयां प्रविधिको प्रिन्टर नेपालमा वितरणको शरुवात गर्न आफूलाई खुसी लागेको बताउनुभयो । पत्रकार सम्मेलनमा एनएफपीजेका अध्यक्ष ध्रुब आले, एनएफपीजेका सचिव प्रदिपराज वन्त ,हेवी हेल्प लिंकका प्रबन्ध निर्देशक राकेश श्रेष्ठ , वन अप ईभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशकले पनि बोल्नुभएको थियो ।
२०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन एनएफपीजेका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् । एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ  भने  फोटोपत्रकारको क्षमता तथा दक्षता अभिबृद्घिका लागि विभिन्न किसिमका कार्यक्रमहरु जस्तै तालिम, अन्तक्र्रिया, गोष्ठि, सेमिनार तथा फोटो प्रदर्शनीहरुको आयोजना गर्दै आईरहेको छ ।