एनएफपीजेकोे २१ औँ वार्षिकोत्सव समारोह तथा वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ, ६ असोज २०७४, शुक्रबार
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २१ औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने बताउनुभयो । उहाले देशमा सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो । हाल विश्वका प्रमुख धनि ब्यक्तिहरु सूचना तथा प्रविधि क्षेत्रका रहेको बताउनुहुदै नेपालमा पनि यो क्षेत्र त्यस्तै सम्पन्न हुनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

२१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुदैं मन्त्री बस्नेत । फोटो: एनएफपीजे
मन्त्री बस्नेतले सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार लागिपरेकोपनि बताउनुभयो । कात्तिक मसान्तभित्रमा देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउनेगरी काम भईरहेको पनि कार्यक्रममा उहाले बताउनुभयो ।
राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्ने कुरामा मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाई थियो ।उहाँले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारहरुले पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभयो । साथै उहाले फोटो पत्रकारहरुलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको पनि बताउनुभयो ।

 

  

२१ औँ वार्षिकोत्सव समारोह  पानसमा बत्ति बालेर उद्घाटन् गर्नहुदैं मन्त्री बस्नेत । समारोहलाई सम्बोधन गर्नुहुदैं एनएफपीजेका अध्यक्ष ध्रुब आले ।फोटो: एनएफपीजे
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकारहरु संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ शशक्त हुन आग्रह गर्नुभयो । उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारहरुले लाखौँ रुपैँया खर्च गरेर क्यामरा किनेपनि क्यामरा र मान्छेको बिमा नहुँदा समस्या परेको भन्दै मन्त्रालयले उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं एनएफपीजेका अध्यक्ष ध्रुब आले फोटोपत्रकारले जनआन्दोलन लगायत हरेक किसिमका आन्दोलन सफल बनाउन फोटोपत्रकारिता मार्फत ठूलै सहयोग गरेको बताउनुभयो ।

मन्त्री बस्नेतलाई मायोको चिनो दिनुहुदै  एनएफपीजेका अध्यक्ष ध्रुब आले । तस्विर: । फोटो: एनएफपीजे

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी, लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सचिव प्रदीपराज वन्तलले विसं २०५३ सालमा स्थापना भएको एनएफपीजेका हाल ३१ जिल्ला शाखाहरु रहेका छन् भने ४०० भन्दा बढी फोटो पत्रकार त्यसमा आवद्ध रहेको जानकारी गराउनुभयो ।

सम्मानित हुने फोटोपत्रकारहरु वांयावाट क्रमस नरेश श्रेष्ठ,कविन्द्रमान शाक्य,राजेश गुरुङ्ग, राजेन्द्र चित्रकार र किरण आचार्य । तस्विर: । फोटो: एनएफपीजे

मन्त्री बस्नेत ग सामुहिक तश्विर खिचाउदै । फोटो: एनएफपीजे
वार्षिकोत्सवको सन्दर्भ पारेर एनएफपीजेले विभिन्न विद्यामा फोटो पत्रकारिता मार्फत योगदान पु¥याएने पाँचजना फोटो पत्रकारहरुलाई एनएफपीजे हरिगोपाल प्रधान फोटोपत्रकारिता पुरस्कारद्धारा सम्मान गर्यो । सम्मानित हुनेमा गोरखापत्र दैनिकका वरिष्ठ फोटोपत्रकार राजेन्द्र चित्रकारलाई खेलकुद फोटोपत्रकारिता पुरस्कार, कविन्द्रमान शाक्यलाई मनोरञ्जन फोटोपत्रकारिता पुरस्कार, द हिमालयन टाईमस अंगे्रजी दैनिकका वरिष्ठ फोटोपत्रकार राजेश गुरुङ शाहसीक फोटोपत्रकारिता पुरस्कार, द हिमालयन टाईम्स अंगे्रजी दैनिककै अर्का वरिष्ठ फोटोपत्रकार नरेश श्रेष्ठलाई सम्पदा फोटो फोटोपत्रकारिता पुरस्कार, र वाग्लुङका वरिष्ठ फोटोपत्रकार किरण आचार्यलाई पर्या—पर्यटन फोटोपत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो ।