बर्दियाका बाढी पिडितलाई दशैंमा नयाँ कपडा


बर्दिया ५ असोज २०७४, बिहिबार

राष्ट्रिय फोटो पत्रकार समूहले बर्दियाका वाढी पिडितहरुलाई दशैको मुखमा नयाँ कपडा राहत उपलब्ध गराएको छ । बाढीले ग्रस्त बनेका गुलरिया नगरपालिका वडा नम्वर ५ वालापुर गाउँका बाढी पिडित महिला, पुरुष तथा वालवालिकाहरुलाई नयाँ कपडा सहयोग हस्तान्तरण गरेको हो । राष्ट्रिय फोटो पत्रकार समूह काठमांडौ मार्फत उपलब्ध भएको नयाँ कपडा हामीले गुलरिया नगरपालिका स्थित वालापुर गाउँका वाढी पिडितहरुलाई दिएका हौं राष्ट्रिय फोटो पत्रकार समुह बर्दिया शाखा अध्यक्ष यादव आचार्यले वताए । उनले भने दशैंको अवसर पारेर १ सय ४० जना पुरुष, १ सय ७० जना महिला र २ सय २६ जना वालवालिका गरी ५ सय ३६ जनालाई नयाँ कपडा उपलब्ध गराएका हौं ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) बर्दिया शाखा  अध्यक्ष यादव  आचार्य वाढी पिडितलाई कपडा हस्तान्तरण गर्दै तस्विर: । फोटो: एनएफपीजे

सवैको पिडा उजागर गर्ने पत्रकारको सानो सहयोगले चाडपर्वको मुखमा वाढी पिडितको घरमा खुशी भित्र्याउन सहयोग पुग्ने वताउँदै आवस्यक परे थप सहयोग उपलब्ध गराउन आफूहरु तयार रहेको बताए । वाढी पिडितको पिडा, व्यथाले समस्त पत्रकार जगत मर्माहत भएको उनको भनाई थियो । करिव ५० हजार मुल्य बराबरको कपडा वाढी पिडितलाई उपलब्ध गराईएको हो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले फोटो पत्रकारको समूहले उपलब्ध गराएको राहतको कपडा स्विकार गर्दै गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष सावित्रा गौतमलाई हस्तान्तरण गरेका छन् । समाजको ऐना रहेका पत्रकारले वाढी पिडितलाई प्रदान गरेको सहयोग अमुल्य भएको वताउँदै मेयर यादवले भने हामीले राहतको कपडा वास्तविक वाढी पिडितको घर सम्म पुर्याउँछौ तपाईहरु ढुक्क हुनुस । गुलरिया नगरपालिका वडा नम्वर ५ की अध्यक्ष सावित्री गौतमले समाजका पहरेदारका रुपमा रहेका पत्रकारहरुले दशैको मुखमा वालापुरका वाढी पिडितलाई दिएको नयाँ कपडाको सहयोग सधै अविस्मरणीय रहने वताईन । उनले थपिन् पत्रकारहरुको सहयोगको भावनालाई हामी सधै कदर गर्छौ ।