एनएफपीजे कैलाली शाखाको घोषणा


धनगडि १ असोज २०७४, आईतबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कैलाली शाखाको विस्तार भएको छ । कैलालीको धनगडिमा पत्रकार र संचारकर्मीहरुको आईतबार भएको बृहत भेलाले विरेन्द्र भण्डारीको नेतृत्वमा एघार सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा महेन्द्र भण्डारी ,सचिवमा निखिल आचार्य, सहसचिवमा शंकर बोहरा, कोषाध्यक्षमा नवराज खनाल हुनुहुन्छ भने सदश्यहरुमा विवेक नागरी, पाण्डव पुजारा गगन ऐडीं, सविता बुढा, विरेन्द्र सिंह र विवश चौधरी रहनुभएकोछ । त्यसैगरि कैलाली शाखाको सल्लाहकारहरुमा भरत शाह, श्रवण देउवा र जगत साउद हुनुहुन्छ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) कैलाली शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

कैलाली शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या ३० पुगेकोछ । भेला एनएफपीजेका संस्थापक सदस्य हरि रेग्मीको सभापतित्वमा भएको हो । भेला नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उत्तर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
शाखा विस्तारका लागि एनएफपीजे संस्थापक सदस्य हरि रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ कार्यक्रममा सहभागि हुन राजधानीबाट शुर्खेत जानुभएको थियो ।