एनएफपीजे शुर्खेत शाखाको घोषणा


शुर्खेत ,३१ भदौं २०७४, शनिबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को शुर्खेत शाखाको विस्तार भएको छ । शुर्खेतमा पत्रकार र संचारकर्मीहरुको शनिबार भएको बृहत भेलाले शुसिल कुमार खड्काको नेतृत्वमा एघार सदस्यीय तदर्थ समितिको गठन भएको हो ।

नवगठित तदर्थ समितिको उपाध्यक्षमा बुद्घिसिंह ठकूरी,सचिवमा मान बहादुर वली, सहसचिवमा खिम बहादुर बुढा, कोषाध्यक्षमा लक्ष्मी भण्डारी हुनुहुन्छ भने सदश्यहरुमा डिल प्रसाद शर्मा,पूर्ण बहादुर खड्का, सीता वली, मदन विक,यज्ञबहादुर खत्रि, र लक्ष्यबहादुर सुनार रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) शुर्खेत शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे


एनएफपीजे शुर्खेत शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

शुर्खेत शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २९ पुगेकोछ । भेला एनएफपीजेका संस्थापक सदस्य हरि रेग्मीको सभापतित्वमा भएको हो ।
शाखा विस्तारका लागि एनएफपीजे वांके शाखाका अध्यक्ष रुद्र शुवेदी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ कार्यक्रममा सहभागि हुन राजधानीबाट शुर्खेत जानुभएको थियो ।