बाढी पीडित राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन


काठमाडौँ, ५ भदौ २०७४, मंगलबार
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) केन्द्रद्वारा हालै पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म आएको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढीले गरेको क्षतीबाट पीडित बालबालिकाका लागि मंगलबार काठमाडौँमा राहत संकलन गरेको छ ।
एनएफपीजेका पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको सकृयतामा काठमाडौंको नयांसडक, महाबौद्व लगायतका स्थानहरुबाट राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन गरिएका हो । विशेषगरि वाढी पीडित बालबालिकालाई हुने नया कपडाहरु स्थानिय पसलहरुबाट निशुल्क सहयोग स्वरुप संकलन भयो ।
संकलित कपडा राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखाहरु मार्फत बाढी पीडित क्षेत्रहरु का बालबालिकाहरुलाई वितरण गरिने छ ।

तश्विर : एनएफपीजे

तश्विरहरु : एनएफपीजे