१७८ औँ विश्व फोटोग्राफी दिवस मनाउन राजधानीमा प्रभातफेरीको आयोजना


काठमाडौं ३ भदौं २०७४, शनिबार
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७८ औँ विश्व फोटोग्राफी दिवसको अवशरमा राजधानीमा शनिबार प्रभातफेरीको आयोजना गरेकोछ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्ज्छ । अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिनपनि भनिन्छ ।

प्रभातफेरीमा सहभागि हुदै एनएफपीजे केन्द ,जिल्लाका पदाधिकारी तथा सदश्यहरु । तश्विर : एनएफपीजे

प्रभातफेरी पश्चात भृकुटीमण्डपमा आयोजित सभाका सहभागिहरु । तश्विर : एनएफपीजे

प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहिदगेट, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा फोटोग्राफी, फोटोपत्रकारिता लगायत यससंग सम्बन्धित पेषाकर्मी,ब्यवशायी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एनएफपीजे अध्यक्ष ध्रुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्रै नभएर सम्पूर्ण फोटोग्राफी र यससंग सम्बन्धित सबैकालागि महत्वपूर्ण भएको बताउनुभयो । सभालाई सम्बोधन गर्नुहुदैं एनएफपीजका पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यले फोटोग्राफीेको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरि एनएफपीजे कास्कीका अध्यक्ष इन्द्र पौडेल, पाल्पाका अध्यक्ष कृष्ण दर्नाल, भिडियो क्यामरा एशोसियसनका अध्यक्ष दिलीप थापा मगर , प्राध्यापक मधुसूदन थापा लगायतले पनि फोटोग्राफी दिवशको शुभकामना दिनुहुदै नेपालमा फोटोग्राफीको महत्वको विषयमा बोल्नुभएको थियो ।