एनएफपीजे सिन्धुली शाखाको घोषणा


२८ असार २०७४, बुधबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को सिन्धुली शाखाको विस्तार भएको छ । सिन्धुलीको बजारमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले मिन कुमार दाहालको संयोजकत्वमा एक तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको केहि दिनभित्र पद बाडफाड पश्चात औपचारिक रुपमा घोषण गरिनेछ ।


राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) सिन्धुली शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

सिन्धुली शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २५ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।