एनएफपीजे उदयपुर शाखाको घोषणा


२८ असार २०७४, बुधबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को उदयपुर शाखाको विस्तार भएको छ । उदयपुरको गाईघाटमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले धर्मैन्द्र राईको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा आप्सरा समाल ,सचिवमा देवराज राई, सहसचिवमा देवराज राई, कोषाध्यक्षमा गोमा राई हुनुहुन्छ भने सदश्यहरुमा चित्र कुमार कार्की, राकेश नेपाली, विक्रम राई, र यसोदा पोखरेल रहनुभएकोछ । उदयपुरको सल्लाहकार समितिमा कौशल चेम्जेङ श्याम राई र भक्तिविलास पोखरेल रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) उदयपुर शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) उदयपुर शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

उदयपुर शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २४ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका अध्यक्ष भरत खड्का भेलाको प्रमुख अतिथि रहनुभएको थियो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।