एनएफपीजे मोरङ शाखाको घोषणा


२७ असार २०७४, मंगलबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को मोरङ शाखाको विस्तार भएको छ । मोरङको विराटनगरमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले संजिव खनालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा खनेन्द्र कुमार राई (अर्जुन) ,सचिवमा कमल रिमाल, सहसचिवमा प्रेम देवान, कोषाध्यक्षमा पुष्पराज थपलिया हुनुहुन्छ भने सदश्यहरुमा भोजराज घिमिरे, सन्दीप राई, गोविन्द पोखरेल, किरण न्यौपाने,गोपाल काफ्ले र विवेक अवस्ती रहनुभएकोछ । मोरङ जिल्ला शाखाका सल्लाहकारमा बन्धु पोखरेल र लिला बल्लम घिमिरे हुनुहुन्छ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) मोरङ शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे


राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) मोरङ शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

मोरङ शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २३ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । मोरङ जिल्ला पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेले भेलाका प्रमुख आतिथि हुनुहुन्थ्यो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।