एनएफपीजे झापा शाखाको घोषणा


२६ असार २०७४, सोमबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को झापा शाखाको विस्तार भएको छ । झापाको विर्तामोडमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले सिद्घार्थ नविन उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा कमल प्रसाद पाण्डे ,सचिवमा ईन्द्रजित मुखिया, सहसचिवमा प्रकृती न्यौंपाने, कोषाध्यक्षमा शरद जोशी हुनुहुन्छ भने सदश्यहरुमा धर्मराज प्रशाई, आरती राई र सागर खरेल रहनुभएकोछ । नवगठित तदर्थ समितिले बांकी एक जना शदश्यको केहि दिनमा मनोनयन गर्नेछ । झापा शाखाको सल्लाहकारको रुपमा मिन प्रसाद उप्रेती र टिकाराम उप्रेती हुनुहुन्छ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) झापा शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) झापा शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

झापा शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २१ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । कार्यक्रम विर्तामोड नगरपालिकाका नवनियुक्त नगरप्रमुख धु्रब शिवाकोटीको प्रमुख आतित्थ्यमा सम्पन्न भएको हो भन नवनियुक्त उपप्रमुख पवित्रा महतारा प्रशाई भेलाको विशेष अतिथि हुनुहुन्थ्यो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।