एनएफपीजे सुनसरी शाखाको घोषणा


२६ असार २०७४, सोमबार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को सुनसरी शाखाको विस्तार भएको छ । सुनसरीको धरानमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाकाबिच यात्रा थुलुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा वेदराज पौडेल, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा उपेन्द्र चाम्लिङ राई, कोषाध्यक्षमा सुनीता के.सी.राई चयन हुनुभएकोछ, भने सदश्यहरुमा दिपक कार्की सोहन श्रेष्ठ,नरेन्द्र राई,विनय राजवंशी , सागर सिंजाली र जयकृष्ण यादव रहनुभएकोछ । त्यसैगरि सल्लाहकारमा यम प्रधान, भैरब आङ्ला,मोजेस राई र अमर खड्का चयन हुनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) सुनसरी शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) सुनसरी शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे
सुनसरी शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या २० पुगेको छ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष ध्रुब आलेको सभापतित्वमा भएको हो । सुनसरी जिल्ला पत्रकार महासंघका अध्यक्ष अमर खड्काको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष ध्रुब आलेको नेतृत्वमा चार सदस्यीय टोली जिल्ला दौडाहामा गएको थियो । टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।