एनएफपीजे कपिलवस्तु शाखाको घोषणा


७ असार २०७४, तौलिहवा
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कपिलवस्तु शाखाको विस्तार भएको छ । कपिलवस्तुको तौलिहवामा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले मनोज पौडेलको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा किरणमान बज्राचार्य, सचिवमा खग प्रसाद चांपागाई, सहसचिवमा बृजेश कुमार जयसवाल, कोषाध्यक्षमा मनिश कार्की हुनुहुन्छ भने सदश्यहरुमा वसन्त गिरी र मनोज कुमार श्रीवास्तव रहनुभएकोछ ।
सचिवमा शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १९ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) कपिलवस्तु शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।