एनएफपीजे रुपन्देही शाखाको घोषणा


७ असार २०७४, भैरहवा
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रुपन्देही शाखाको विस्तार भएको छ । रुपन्देही को भैरहवामा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले कमल रायमाझीको नेतृत्वमा १३ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको उपाध्यक्षमा रवि पन्त, सचिवमा सी.पी.खनाल, सहसचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा दीपक घिमिरे हुनुहुन्छ भने सदश्यहरुमा विकास पराजुली, भुवन पाण्डे, दीपक परियार, ईन्दिरा खनाल, रविन्द्र गुप्ता, प्रकाश न्यौपाने, र केशव भण्डारी रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) रुपन्देही शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) रुपन्देही शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

रुपन्देही शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १८ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।