एनएफपीजे स्याङ्जा शाखाको घोषणा


६ असार २०७४, पुतलीबजार
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को स्याङ्जा शाखाको विस्तार भएको छ । स्याङ्जाको पुतलीबजारमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले प्रतीक्षा काफ्लेको नेतृत्वमा ७ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा मोहन गुरुङ्ग, सचिवमा मणि प्रसाद अर्याल, सहसचिवमा प्रमोद गुरुङ्ग, कोषाध्यक्षमा रोसन लामीछाने हुनुहुन्छ भने सदश्यहरुमा दधिराम पाण्डे र शालीकराम पोखरेल रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) स्याङ्जा शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

स्याङ्जा शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १७ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो । स्याङ्जा जिल्ला पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा भेलाको प्रमुख आतिथि हुनुहुन्थ्यो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।