एनएफपीजे गोरखा शाखाको घोषणा


५ असार २०७४, हरमनटारी
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को गोरखा शाखाको विस्तार भएको छ । गोरखाको हरमनटारीमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले आत्माराम श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिका अन्य सदश्यहरुमा सुदिप कैनी, गुणराज रोक्का, नरहरी सापकोटा, विमल श्रेष्ठ, किरण लोहनी, विकाश मरहट्टा,र नरेन्द्र ढकाल रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) गोरखा शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

गोरखा शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १५ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको हो ।
शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्छ ।