एनएफपीजेले नेपाल प्रिन्टिङ एण्ड फोटो एक्स्पो अायाेजना गर्ने


राष्ट्रिय फाेटाे पत्रकार समूह(एनएफपीजे)ले अागामी पुस महिनामा काठमाडाैमा नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाेकाे अायाेजना गर्ने भएकाेछ । एक्स्पाेमा प्रिन्टिङ र फाेटाेग्राफी सम्बन्धि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी तथा उत्पादक कम्पनीका स्थानिय वितरक संस्था,  ईलेक्ट्राेनिक्स  कम्पनी लगायत त्यससंग सम्बन्धित विभिन्न संस्थाहरूले भाग लिनेछन् ।

प्रिन्टिङ तथा फाेटाेग्राफीकाे नयां प्रविधिबारे उत्पादक,वितरक र त्यसको प्रयोगकर्ताबिच प्रत्यक्ष छलफल र जानकारी गराउने अवशर एक्स्पाेले प्रदानगर्ने उदेश्य लिईएकाेछ भने प्रिन्टिङ र  फाेटाेग्राफी क्षेत्रसंग सम्बन्धित ब्यवशायीहरू र प्रयोगकर्ताहरू उक्त एक्स्पाेबाट लावान्वित हुने अपेक्षा गरिएकाेछ । हेवी हेल्प लिङ्क प्रा.लि. का प्रवन्ध निर्देशक राकेश श्रेष्ठ र एनएफपीजेकाे तर्फबाट एक्स्पाे संयाेजक हरि प्रसाद रेग्मी  संझाैतापत्रमा हस्ताक्षर पछि हात मिलाउदैं । हेवी हेल्प लिङ्क प्रा.लि. का  निर्देशक विमल चित्रकार (वांया) । फोटो :एनएफपीजे

एक्स्पाे अायाेजनाका लागि मुख्य प्रायाेजक हेवी हेल्प लिङ्क प्रा.लि.संग हालै संझाैता भएकाेछ। हेवी हेल्प लिङ्क प्रा.लि.का प्रवन्ध निर्देशक राकेश श्रेष्ठ र एनएफपीजेकाे तर्फबाट एक्स्पाे संयाेजक हरि प्रसाद रेग्मीबिच  संझाैतापत्रमा हस्ताक्षर भएकाे हाे ।
काठमाडाैकाे भृकुटिमण्डपमा हुने एक्स्पाेबारे एनएफपीजेले केहिदिन भित्रै पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी गराउनेछ ।