एनएफपीजे तनहुँ शाखाको घोषणा


२५ जेठ २०७४, परासी
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को तनहुँ शाखाको विस्तार भएको छ । तनहुंको दमौलीमा पत्रकार र संचारकर्मीहरुको बिहिबार भएको बृहत भेलाले अमरराज नहर्कीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन भएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्षमा शिला वाग्ले ,सचिवमा पूर्ण वि.के., सहसचिवमा मदन तिमिल्सिना, कोषाध्यक्षमा मीला दरई हुनुहुन्छ भने सदश्यहरुमा हिरण श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, विष्णु गौतम् र राजेन्द्र परियार रहनुभएकोछ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) तनहुँ शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे

तनहुँ शाखाको गठनसंगै एनएफपीजे जिल्ला शाखाको संख्या १२ पुगेकोछ । भेला एनएफपीजेका केन्द्रिय अध्यक्ष धु्रब आलेको सभापतित्वमा भएको थियो । नवगठित तदर्थ समितिलाई उहाले अबिर लगाएर बधाई दिनुभएको थियो । भेलालाई सम्बोधन गर्दै उहाले जिल्ला शाखाहरुको गठनसँगै एनएफपीजेलाई छिट्टै महासंघ घोषणा गरिने बताउनुभयो ।


राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) नवलपरासी शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे

भेलाका प्रमुख अतिथि पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले नववठित तदर्थ समितिका सदश्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । पत्रकार महासंघ तनहुँका निबतृमान अध्यक्ष डम्बर अधिकारी, रिपोटर्स क्लब जिल्ला सहसचिव राज श्रेष्ठलेपनि नवगठित तदर्थ समितिलाइ शुभकामना दिनुभएको थियो ।

शाखा विस्तारका लागि केन्द्रिय अध्यक्ष धु्रब आलेको नेतृत्वमा जिल्ला दौडाहामा गएको टोलीका अन्य सदश्यहरुमा केन्द्रिय सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेज बहादुर बस्नेत ,संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठ हुनुहुन्थ्यो ।