एनएफपीजे चितवन शाखाको घोषणा


राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) चितवन शाखाको  घोषणा भएको छ । चितवनको भरतपुरमा बुधबार एक विशेष कार्यक्रममा कोमलचन्द्र भगतको संयोजकत्वमा ७ सदश्यीय तदर्थ समितिको घोषणा भएको छ । समितिका अन्य सदश्यहरुमा सुर्य प्रकाश कंडेल, प्रकाश सिग्देल, अनुपा गुरुङ्ग, बद्रि अर्याल, राजकुमार लामिछाने, आनन्द पोखरेल रहनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु । फोटो: एनएफपीजे 

चितवनको नवगठित तदर्थ समितिले केहिदिनभित्रै पदको वाडफाड गर्नेछ । चितवनको शाखाको घोषणासंगै एनएफपीजेको जिल्ला शाखाहरुको संख्या अब १० पुगेकोछ । शाखा विस्तारको कार्यलाई केहिदिनदेखि एनएफपीजेले तीब्र पारेकोछ ।
एनएफपीजेका केन्द्रिय सचिव प्रदिपराज वन्त ,कोषाध्यक्ष तेज बहादुर बस्नेत सहित राजधानीबाट गएको  , संस्थापक सदश्य हरिप्रसाद रेग्मी र पूर्व केन्द्रिय सदश्य सागर श्रेष्ठको समूहले शाखा विस्तारको घोषणा गरेको हो ।
 राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका नवगठित तदर्थ समितिका  सदश्यहरु सामूहिक फोटो खिचाउदै । फोटो: एनएफपीजे