नेपाली फोटोपत्रकारिताको सुस्त गति


नेपाली फोटोपत्रकारिताको सुस्त गति

— दिपेन्द्र बज्राचार्य

पिक्चर ईन अ स्टोरी कार्यशालाका निम्ति खोज पत्रकारिता केन्द्र (खो प के) ले विख्यात फोटोग्राफर सहिदुल आलमको उपस्थितिमा छापा पत्रिकाको सम्पादकहरुलाई अतिथि र सबै नेपाली फोटोपत्रकारहरुलाई सहभागिको निम्ति निम्त्याएको थियो । तर थोरैलाई थाहा थियो त्यस दिनको विहान नै अशुभ भनेर ।

ढिला आईपुगेका एक अतिथि सम्पादकले आफै घोषणा गर्दै टाईम्स अफ ईण्डिया देखाए । फोटोग्राफार हुनु त यस्तो, जस्ले मृत्यु पश्चात पनि यति स्थान पाए । तर उनलाई पटक्कै थाहा थिएन की त्यो दैनिकको प्रथम पृष्ठ ओगटेका उनी स्वर्गिय फोटोग्राफर विश्व फोटोपत्रकारिताका पिता हेनरी कार्टर ब्रेसन हुन भनेर । यसै कारण सहिदुल छक्क परे, त्यहिबेला नेपाली फोटोपत्रकारले आफ्नो हैसियतमा प्रश्न उठाए । अर्को दुखः भईदिएको थियो त्यो दिन, आयोजकले ब्रेसन माथि कनै समबेदना ब्यक्त गरेनन्, न त उपस्थित फोटोपत्रकारहरुले नै । सम्पादक सहित सबै फोटोपत्रकारले सर्जकलाई विर्सिदिएको क्षण थियो, त्यो ।

स्थापना कालमा नै आन्तरिक कलहबाट सुस्ताएको नेपाली फोटोपत्रकारहरुको एक मात्र साझा संगठन राष्ट्रिय फोटो पत्रकार समूहले बिगत केहि वर्ष अघि ब्युतिएपछि नेपालमा प्रथम पटक फोटो प्रकाशित भएको दिन बैशाख १३ लाई अवसर मान्दै राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाउदै आईरहेको छ । २०६६ बैशाख १३ मा काठमाडौं प्रेस क्लबको सहयोगमा सम्पन्न लेखन पत्रकारिता बराबर फोटोपत्रकारिता विषयमा छलफल हुंदा अग्रज फोटोपत्रकार गोपाल चित्रकारले यसको महत्वबारे बोलिदिदा उपस्थित सबैलाई यसको महत्व स्पष्ट भएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूहले विश्व फोटोग्राफी दिवस मनाउने क्रममा सन २००५ अगष्ट १५ मा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा क्यामेरा आकारमा खिचाएको नेपाली फोटोपत्रकारहरुको सामूहिक तश्विर । फोटो :राष्ट्रिय फोटोपत्रकार समूह

तर फेरी अर्को बिडम्बना, यस प्रकारको कार्यक्रमले नेपाली फोटोपत्रकारहरुमा विखण्डन ल्याई झण्डै झण्डै राजनैतिक पार्टीको शैलीमा विभाजन शरु भएको देखिन्छ । त्यस पश्चात कोहि उपस्थित भए कोहि अनुपस्थिति हुने भनि वरिष्ठ फोटोपत्रकारहरुको निर्णय खुल्ला रुपमा सनिन्दै र देखिन्र्दै आएको छ ।

प्रत्येक वर्ष झै नयां वर्षको प्रतिक रुपमा काठमाडौंको पश्चिम स्थित स्वयम्भूलाई छेउमा राखेर राष्ट्रिय दैनिकमा निरन्तर शभकामना तस्बिर लाई समाचार फोटोको रुपमा प्रकाशित गरीरहनुले नेपाली फोटोपत्रकारहरुको हैसियत र स्तर खुलस्त हने गर्दछ । नेपाली फोटोपत्रकारिताको विकासमा कोसेढुंगा भूमिका रहेको राष्ट्रिय दैनिकीले पनि त्यो दिन समाचारमूलक तस्विरले स्थान नपाउनमा नेपाली फोटोपत्रकारको अवस्था पनि त्यस्तै क्षितीजतिर अस्ताएको स्पष्ट देखिन्छ । समय त परिवर्तन भए , धेरै प्रकाशन गृहका संचालकनै परिवर्तन भए । तरपनि पाठकलाई के । कन तथ्य सम्प्रेशण गर्ने भन्ने कनै खयाल गरेको पाईदैनन् । कुनै समय मिडिया गूरु एवं समिक्षक रामकृष्ण रेग्मीले लेखेको लेखमा भने झै ‘चित्रकार, बज्राचार्य, रौनियार र कार्कीले आफूलाई अपडेट नगरेकै कारण नेपाली पाठकहरुले धेरैकुरा देख्नबाट बन्चित भए ’लेखे झै यो आज कटु यथार्थ भएको छ । फरक यति छ की सिमित त्यस नामावलीमा केही थपिएका मात्र छन् । फोटोपत्रकारहरु क्यामेरा क्लिक को आधारमा आफुले आफैलाई परिभाषित गर्दै हिड्छन् । कार्यशालामा बस्नु, तालिम गर्नु, अनुभव साटासाट गर्नु उनिहरुको मान्यतामा पर्दैन । आयोजकहरुले पनि यो विषयमा कार्यशाला गर्नु आवश्यक नै ठान्दैनन् । यसको ज्वलन्त उदाहरण पत्रकारीता मा बिभिन्न खालका प्रेरणा र उत्साहका लागि परस्कारको व्यवस्था भएपनि फोटोपत्रकारीतालाई समावेश नगर्ने उनीहरुले लत्याउदै आएको परम्पराले देखाउंछ ।

अगस्त ४, २००४ मा भएको पिक्चर ईन अ स्टोरी कार्यशालामा प्रस्तुत कार्यपत्रबाट आएको पारिश्रमिक उपदान दिदै स्थापित भएको सोहि कार्यशालाका सहआयोजक संस्था फोटोपत्रकारका हितका लागि स्थापित भएको भएतापनि त्यसले सो कार्यशालामा उठेको कुनै कुराकोपनि महत्व राखेनन् । न त उपस्थितले त्यसको हेक्का राखे । हेक्का राखे त सोहि छलफलमा आरोप प्रत्यारोप गरिएको, तिमी फलानोको पत्रकार, तिमि उसको फोटोपत्रकारको बिम्ब मात्र नेपाली फोटोपत्रकारमाझ दोहोर्याईराखे, निरन्तर । राष्ट्रिय फोटोपत्रकार समूहको गठन भएको १० वर्षयता पनि केहि ठोस परिवर्तन नदेख्नुको कारणपनि यहि नै हो ।

सबैले स्विकार्छन, तस्वीर हजार भन्दा बढि शब्द बोलिरहन्छ । बोल्दैनन त त्यसका सर्जक फोटोपत्रकारहरु । तर सधै कथित सम्पादकहरु उनका सिर्जनामा अज्ञानी सम्पादन हदैआईरहेको छ । प्रधान सम्पादकहरु फोटोपत्रकारहरुलाई लेख्न आउदैन भनी घोचिरहन्छन । लेखन फोटोपत्रकारीता कै हिस्सा हो भनी चेत नहुनु, फोटोपत्रकारहरु प्रशिक्षित नहुनुले हो । फोटोपत्रकारहरु प्रकाशन गृहमा आवद्ध हुदां घरबाटै लाखौं लाखको उपकरणको नाममा तथा सवारीसाधनको नाममा अप्रत्यक्ष लगानी गराइनु उनीहरुको बाध्यतामाथि खेलवाड गर्नु हो ।

को भन्दा को कम भन्नुमा भन्दा कसको भूमिका कति भनी छलफल गर्नु अहिलेको आवश्यकता हो । यो त सदा झै परिक्षा नै हो, जसको निक्र्योल प्रत्येक परिक्षाको परिक्षाफल झै पाठकले भोलि प्रकाशित हुने छापाबाट गरीनेनै छ ।

— बैसाख १३, २०६९
राष्ट्रिय फोटोपत्रकार समूहका पूर्व महासचिव दिपेन्द्र वज्राचार्य एस सी सी मा फोटोग्राफी प्रशिक्षक हुनुहुन्छ ।